बुडोल सामुदायिक सहकारीको साधरणसभा सम्पन्न, संरक्षित पुँजी फिर्ताकोषबाट सदस्यले पाए ७३ लाख ७४ हजार

बुडोल सामुदायिक सहकारीको साधरणसभा सम्पन्न, संरक्षित पुँजी फिर्ताकोषबाट सदस्यले पाए ७३ लाख ७४ हजार :: Sahakari Akhabar

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २४ औं  बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा असोज १३, १५ र १६ गते सेवा केन्द्रहरुमा र असोज १८ गते सबै एकाइबाट छनोट भएका  प्रतिनिधिहरुबाट निर्णय प्रमाणिकरण गरी सभा सम्पन्न गरेको हो । सभामा संस्थाले संरक्षित पुँजी फिर्ताकोषबाट ७३ लाख ७४ हजार रकम बितरण गरिएको जानकारी दिइएको छ ।

सभामा संस्थाका अध्यक्ष कैलाश केसीले संस्थाले निधारित मापदण्डहरुलाई  खस्कन नदिएको र गत बर्षको तुलनामा झन्डै ३ करोडले पुँजी वृद्धि गर्न सफल भएको बताए । संस्थाका सचिव जयराम थापाले आर्थिक बर्ष २०७९र८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।

उनले सस्थाले २ हजार ३९३  सदस्यता वृद्धि भई कुल सदस्य १७ हजार ७६७ पुगेको जानकारी दिए । जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाको गत आर्थिक बर्षमा कुल सम्पत्तिको ७.८३ तथा नाफामा १२.६७ प्रतिशतले वृद्धि भएको छ ।

संस्थाले सदस्य हितकोष मार्फत सदस्यहरुलाई विभिन्न राहत तथा उपचार खर्च प्रदान गर्दै आएको छ भने सदस्य शिक्षा शिविर, विद्यालय बुसा कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, जेष्ठ सदस्य सम्मान, सक्षमता विकास शिविर, कौसी खेती तालिम, जेष्ठ सदस्य सम्मानजस्ता कायक्रम गर्दै आएको जनाइएको छ ।

संस्थाका कोषाध्यक्ष राधेश्याम केसीले सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक बर्षको असार मसान्तसम्म कुल सम्पत्ति १ अर्ब ८२ करोड ७६ लाख पुगेको बताए । संस्थाको शेयर पुँजी  १५ करोड ८९ लाख , बचत संकलन १ अर्ब ४३ करोड ३६ लाख र ऋण लगानी १ अर्ब ३२ करोड ३२ लाख रहेको छ ।

संस्थाको संस्थागत पुँजी १४ करोड ३० लाख ६२ हजार पुगेको छ । संस्थाले गत आवमा ६ करोड ३६ लाख खुद मुनाफा आर्जन गरेको छ । संस्थाले सदस्यको आय वृद्धि गर्ने उद्देश्यले कृषि तथा पशुपालन, व्यवसायिक, शिक्षा, रोजगार आवास , स्वरोजगार , लघुवित्त,सरल र आपतकालिन जस्ता क्षेत्रमा ऋण लगानी गरेको जनाए ।



Leave a comment