श्रीमाई बज्रबाराहीको साधारण सभा स्थगित गर्न नगरपालिकाको निर्देशन

श्रीमाई बज्रबाराहीको साधारण सभा स्थगित गर्न नगरपालिकाको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । ललिपुरको चापागाउँमा रहेको श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा स्थगित गर्न गोदावरी नगरपालिकाले निर्देशन दिएको छ । संस्थाका अध्यक्ष राम भक्त महर्जनले सभा स्थगित गर्न दिएको निवेदन अनुसार कार्यालयले सभा स्थिगित गर्न भनेको हो ।

निवेदनमा संस्थाका अध्यक्षको अनुपस्थितिमा बैठक बसी १८ औं बार्षिक साधारण सभा असोज २७ गते शनिबार गर्ने निणर्य गरेकोले स्थिगित गर्न भनेको छ । पत्रमा अध्यक्षको उपस्थिति विनाको संचालक समितिको निणर्यबाट सम्पन्न सभा वैध नहुनेभन्दै निवेदन परेकोले पालिकाले सभा रोख्न भनेको हो ।

साथै उक्त साधारण सभा स्थगित गर्नुनपर्ने कारण भए आधिकारिक निणर्य सहितको सक्कल कागजात सहित ७ दिन भित्र नगरपालिकाको सहकारी शाखामा उपस्थित हुन भनेको छ ।


 



Leave a comment