रुपन्देही । सिद्धार्थ नगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआउने तीनवटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । नियमित साधारण सभा नगर्ने, सहकारी कार्यालयलाई साधारण सभा र बार्षिक प्रतिवेदन नबुझाउने सहकारीहरुको दर्ता खारेजी गरेको हो ।
कार्यलयले उदय कृषि सहकारी, उपभोक्ता बचत तथा ऋण सहकारी र योग्यता कृषि सहकारीको दर्ता खारेज गरेको जनाएको छ । कार्यालयले संस्था संचालनमा नरहेको र संचालकहरुलाई बाराम्बार सम्पर्क गर्दा र संस्थाको दर्ता खारेजी किन नगर्ने भनी पत्र पठाउँदासम्म सम्पर्कमा नआएका सहकारीको दर्ता खारजी गरेको जनाएको छ ।
कार्यालयले ७४ सालदेखिनै कुनै पनि सम्पर्कमा नआएको र प्रतिवेदनहरु नबुझाएका त्यस्ता संस्था खारेज गरिएको हुनाले यी संस्थाले तिर्नु बुझाउनुभए संचालक र कर्मचारीसंग सम्पर्क गरी हरहिसाव फरफारक गर्न अनुरोध गरेको छ ।
Leave a comment