हाम्रो मध्यवर्ती साकोस भन्छः संस्थाप्रति फैलाइएको भ्रम चिर्न छानबिन समिति गठन हुन्छ

हाम्रो मध्यवर्ती साकोस भन्छः संस्थाप्रति फैलाइएको भ्रम चिर्न छानबिन समिति गठन हुन्छ :: Sahakari Akhabar

बर्दिया । ठाकुरबाबा नगरपालिका भुरीगाँउमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीका विषयमा फैलाइएको भ्रामक प्रचारको छानबिन समिति गठन गर्ने जनाएको छ।

संस्थाले प्रेस विज्ञप्ती जारी गरी असोज १५ गते बिहान केही अपरिचित ब्यक्तीहरुले संस्थाको बारेमा भ्रामक तथ्यहिन पर्चा पम्पलेट बितरण गरेर सदस्यमा भ्रम फैलाइएको जनाएको छ।

सस्थाले प्रकाशन गरेको विज्ञप्तीमा, ब्यक्तीगत रिसिईबी र संस्थाको बदनाम गर्ने, सदस्यहरुलाई भड्काउने उद्धेश्यले कपोकल्पीत भ्रामक तथ्यहिन र बिना प्रमाणित पर्चा पम्पलेट बितरण गरेकोमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

संस्थाले यस बिषयमा नियमनकारी निकाय तथा सरोकारवाला निकायहरुको रोहबरमा छानबिन समिती गठन गरी सत्य तथ्य प्रतिबेदन तयार गरी बाहिर ल्याउने जनाएको छ । विज्ञप्तीमा भनिएको छ, त्यसैले त्यस्ता कपोकल्पित र भ्रामक प्रचारप्रति सदस्य सजग रही संस्थाप्रति सदाको झैं सदभाव कायमराख्न अनुरोध छ।

विज्ञाप्तीमा संस्थाप्रति भ्रामक प्रचार गरी सदस्यमा भ्रमछर्ने काम गर्ने ब्यक्ति तथा समुहलाई संस्थाले कानुनी कारबाहीकालागि सम्वन्धित निकायसंग लेखि पठाउने निणर्य गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर थापाले जनाए ।

असोज १५ गते केही ब्यक्तिहरुले संस्थाको बदनाम गर्दै संस्था र संस्थाका संचालक कर्मचारीका विषयमा पर्चा तथा पम्प्लेट बाढेको संस्थाले जनाएको छ ।

संस्थाले यस्तो घृणित कार्य गर्ने, सदस्यलाई भडकाउने र सहकारी अभियानलाई नै बदनाम गर्ने उद्देश्यले भएको यस्तो निन्दनीय कार्यको पछाडी नलागी सत्य तथ्य बुझी सदस्यले ब्यवहार गर्न अनुरोध गरेको छ ।



Leave a comment