सहकारीको आफ्नै सूचना प्रणाली हुनु पर्छ : डा.युवराज खतिवडा

सहकारीको आफ्नै सूचना प्रणाली हुनु पर्छ : डा.युवराज खतिवडा :: Sahakari Akhabar

काठमाडौं । पूर्व अर्थमन्त्री तथा गभर्नर डा.युवराज खतिवडाले सहकारीको छुट्टै कर्जा सूचनाकेन्द्र हुनुपर्ने बताएका छन् । काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको १४ औं बार्षिक साधारण सभामा बोल्दै डा.खतिवडाले सहकारीले कर्जा सूचना प्रणालीमा भिड नगरी आफ्नै सूचना प्रणाली हुनु पर्ने बताए ।

सहकारीको लागि छुट्टै  ऋण सुरक्षा प्रणाली आवश्यक रहेको र कर्जा सुरक्षा केन्द्रमा गएर भिडभाड गर्नु भन्दा आप्mनै कर्जा सुरक्षा प्रणाली विकास गर्नु पर्ने उनको भनाइ थियो । सहकारी बचत ऋण गर्ने सामाजिक संस्था भएकाले समाजप्रतिको जिम्मेवारी पूरा गनुपर्ने पनि उनको  भनाई छ । संस्थाप्रति सदस्यले र सदस्यप्रति संस्थाले जिम्मेवारी पूरा गर्न सके सहकारीमा समस्या नआउने  उनले भने । आन्तरिक लेखा प्रणालीलाई ठिक ढंगले राख्न र लेखा समितिमा भाई भतिज नराख्न उनको सुझाव छ । 



Leave a comment