सहारा नेपाल सहकारीले बाह्य ऋण शुन्यमा झार्यो 

सहारा नेपाल सहकारीले बाह्य ऋण शुन्यमा झार्यो  :: Sahakari Akhabar

काठमाडौं । झापाको चारपाने बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाह्य ऋण घटाएर शुन्यमा झारेको छ । संस्थाको साउन मसान्तसम्म २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैंयाँ बाह्य ऋण रहेकोमा भदौमसान्तमा संस्थाले उक्त ऋण शुन्यमा झारेको हो ।

संस्थाले प्रकाशन गरेको पछिल्लो वित्तिय विवरण अनुसार भदौमा संस्थाले शेयरपूँजी पनि वृद्धि गरेको छ । साउन मसान्तमा १ अर्व ६४ करोड ९४ लाख १५ हजार ३०० रुपैयाँ शेयरपूँजी रहेकोमा भदौ मसान्तसम्म १ अर्व ६५ करोड ५३ लाख ४० हजार २०० रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी संस्थाले बचतमा पनि वृद्धि गर्दै ११ अर्व २८ करोड ४५ लाख ९४ हजार ७५९ रुपैयाँ पुर्याएको छ । संस्थाको साउनमसान्तमा ११ अर्व १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैयाँ बचत रहेको थियो । संस्थाले लगानीमा रहेको ऋणलाइ पनि कम गरेको छ ।

गत साउन मसान्तमा संस्थाको लगानीमा रहेको ऋण १० अर्व ९८ करोड ११ लाख ६५ हजार ६६४ रुपैयाँ थियो भने भदौमसान्तमा संस्थाको लगानीमा रहेको ऋण १० अर्व ९० करोड २३ लाख ८८ हजार ५५५ रुपैयाँ रहेको जनाएको छ । भदौ मसान्तसम्मको विवरण अनुसार संस्थाको जगेडाकोषमा १ अर्व २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैयाँ र विभिन्न कोषमा ४४ करोड ९६ लाख २४ हजार १७६ रुपैयाँ रहेको छ ।

संस्थागत पूँजी १ अर्व २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैयाँ रहेको संस्थाको १५ अर्व २४ करोड २७ लाख ८६ हजार ८१६ रुपैयाँ कूल सम्पति रहेको छ । संस्थामा २७.५६ प्रतिशत अर्थात ३ अर्व ११ करोड २ लाख ७७ हजार ९०५ रुपैयाँ तरलता रहेको जनाइएको छ ।

छ वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थामा १ लाख ५७ हजार ९ सय १८ सदस्य रहेकोमा ७४ हजार ६१ जनाले ऋण सेवा लिएका छन् ।  पछिल्लो समय संस्थाले अन्तर सहकारी कारोबारमा जुम्लाको सहकारीसंग स्थानीय उत्पादन खरिद गरी बिक्री गर्ने काम गरेको छ । संस्थाले हालै जुम्लाको स्याउको बजारीकरण गरेको छ ।



Leave a comment