हाइलाइट

साउनमा भित्रियो सवा खर्ब रेमिट्यान्स 

साउनमा भित्रियो सवा खर्ब रेमिट्यान्स  :: Sahakari Akhabar

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा सवा खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बृद्धिसँगै रेमिट्यान्समा सुधार आएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार साउन महिनामा २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

यसैगरी अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ७ करोड ९ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो । साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृ लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।



Leave a comment