समस्याग्रस्तमा शिवशिखर र तुलसी सहकारी पनि थपिए

समस्याग्रस्तमा शिवशिखर र तुलसी सहकारी पनि थपिए :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी र मोरङको तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो ।

यसअघि पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहित १३ वटा संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरिसकेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या १५ वटा पुगेको छ । यसअघि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको  संस्थामा स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ हुन ।

यसैगरी कन्जुमर बचत तथा ऋण सरकारी संस्था र कुवेर बचत तथा ऋण सरकारी संस्था, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सरकारी संस्था, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था र ओरेण्टल को–अपरेटिभ समस्याग्रस्त सहकारी घोषणा भइसकेका छन् ।

सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब सहस्याग्रस्त सहरकारी व्यवस्थापन समितिमा पठाइएको उल्लेख छ ।



Leave a comment