हाइलाइट

पोखरा रोयलको २२ औं बार्षिक साधारण सभा असोज ६ गतेदेखि (सूचना सहित)

पोखरा रोयलको २२ औं बार्षिक साधारण सभा असोज ६ गतेदेखि (सूचना सहित) :: Sahakari Akhabar

काठमाडौंं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा एकाइगत रुपमा असोज ६ गते देखि हुने भएको छ । संस्थाले सूचना जारी गरि साधारण सभा असोज ६ गतेदेखि ९ गतेसम्म हुने जनाएको हो ।

सभा असोज ६ गते प्रधान कार्यालय, असोज ७ गते भण्डारढिक तथा मोहरिया सेवाकेन्द्र र असोज ८ गते दुलेगौंडा सेवाकेन्द्रको हुनेछ भने असोज ९ गते एकाई प्रतिनिधिहरुको निणर्य प्रमाणिकरण सभा हुने सूचनामा उल्लेख छ ।

संस्थाको साउन मसान्तसम्म २१ करोड ९ लाख ६८ हजार रुपैयाँ शेयरपूँजी १ अर्व ६४ करोड ३५ लाख ३४ हजार ८४८ रुपैयाँ कूल बचत रहेको छ ।

त्यसैगरी संस्थामा १८ करोड ५२ लाख ३४ हजार ४३२ रुपैयाँ जगेडा कोष तथा १५ करोड ९२ लाख ६१ हजार ४१२ रुपैयाँ अन्य कोषमा रहेको जनाएको छ ।

संस्थाले १ अर्व ७८ करोड २० लाख ९० हजार २७१ रुपैयाँ लगानी गरेको छ भने २५.९६ प्रतिशत अर्थात ४२ करोड ६७ लाख ३९ हजार ३२८ रुपैयाँ तरलता रहेको जनाएको छ ।

१८ करोड ७० लाख ४६ हजार ८१४ रुपैयाँ संस्थागत पूँजी तथा २ अर्व २९ करोड ७७ लाख ९४ हजार ३० रुपैयाँ कूल सम्पत्ति रहेको छ । संस्थाका ८ हजार ९९९ जना सदस्य मध्ये १ हजार ४६२ जनाले ऋण सेवा लिएका छन् ।

 



Leave a comment