काठमाडौं । रुपन्देही बचत तथा ऋण सहकारी संघले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संघमा २५४ संस्था आवद्ध रहेका छन् भने १७ वटा संस्थालाई मात्र ऋण लगानी गरेको जनाएको छ ।
संघले १७ वट संस्थालाई ३ करोड २८ लाख ३९ हजार ६५३ रुपैया लगानीमा रहेको जनाइएको छ । संघमा ६७ लाख ९६ हजार रुपैयाँ शेयर पूँजी, ५ करोड ७३ लाख १९ हजार २०२ रुपैया बचत रहेको जनाएको छ । संघमा १८.१७ प्रतिशत तरलता अर्थात १ करोड ४ लाख १६ हजार ४८७ रुपैयाँ तरलता रहेको जनाएको छ ।
संघमा २९ लाख ९८ हजार ५४५ रुपैया जगेडा कोष तथा १८ लाख ६७ हजार २२७ रुपैयाँ अन्य कोष रहेको जनाएको छ । त्यसैगरी संघमा ७ करोड १४ लाख ८५ हजार १६५ रुपैयाँ सम्पती तथा ४ लाख १७ हजार ९८१ रुपैयाँ नाफा रहेको जनाइएको छ ।
Leave a comment