हाइलाइट

जनसचेतन साकोसको लगानी १ अर्व ८२ करोड

जनसचेतन साकोसको लगानी १ अर्व ८२ करोड :: Sahakari Akhabar

काठमाडौं । दोलखाको वैतेश्वरमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको १ अर्व ८२ करोड ३ लाख ८८ हजार ३३ रुपैया लगानी रहेको जनाइएको छ ।

संस्थामा १६ करोड ५९ लाख १४ हजार ३०० रुपैयाँ शेयर पूँजी, १ अर्व ६५ करोड ७३ लाख ७० हजार १९९ रुपैया बचत रहेको जनाएको छ । संस्थामा १६.०६ प्रतिशत तरलता अर्थात २६ करोड ६१ लाख ५१९ रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थामा १७ करोड १४ लाख ६ हजार ९७ रुपैया जगेडा कोष तथा १३ करोड ८९ लाख ३३ हजार ९०१ रुपैयाँ अन्य कोष रहेको जनाएको छ ।

त्यसैगरी संस्थामा १७ करोड ३१ लाख ५० हजार ९५२ रुपैयाँ संस्थागत पूँजी र २ अर्व ३५ करोड ३ लाख ५५ हजार ८९१ रुपैयाँ कूल पूँजी रहेको जनाइएको छ । संस्थाका २७ हजार ६२४ जना सदस्य मध्ये ४ हजार ४६७ जना सदस्यले ऋण सेवा लिएको जनाइएको छ ।



Leave a comment