हाइलाइट

बुडोल सामुदायिकमा ३१ प्रतिशत तरलता

बुडोल सामुदायिकमा ३१ प्रतिशत तरलता :: Sahakari Akhabar

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ३१.६७ प्रतिशत तरलता रहेको जनाएको छ ।

संस्थामा ४५ करोड ४३ लाख ४३ हजार ७६८ रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थामा १५ करोड ९२ लाख ६६ हजार ९०० रुपैयाँ शेयर पूँजी, १ अर्व ४३ करोड ४४ लाख २१ हजार ५२१ रुपैया बचत रहेको जनाएको छ।

संस्थामा ११ करोड ७७ लाख ६६ हजार ८८१ रुपैया जगेडा कोष तथा ३ करोड ६९ लाख ५४ हजार ४४ रुपैयाँ अन्य कोष रहेको जनाएको छ । संस्थाको १ अर्व ३१ करोड ९८ लाख ९४ हजार ५६० रुपैया लगानी रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा १२ करोड ५३ लाख ७४ हजार ३०२ रुपैयाँ संस्थागत पूँजी तथा १ अर्व ८३ करोड ३८ लाख ७२ हजार ८६८ रुपैयाँ कूल पूँजी रहेको जनाइएको छ । संस्थाका २५ हजार २११ जना सदस्य मध्ये २ हजार ९४७ जना सदस्यले ऋण सेवा लिएको जनाइएको छ ।



Leave a comment