काठमाडौं । सहकारीलाई प्रविधिमैत्री बनाउन इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी भएको छ ।
सहकारीलाई सफ्टवेयरलगायत डिजिटल सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ बीच आज सम्झौता भएको हो ।
सानेपामा रहेको इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका निर्देशक प्रविन सुवेदी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्ग सुब्बा र काभ्रे जिल्ला संघका कोषाध्यक्ष राजन शाक्यले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा खुशी लागेको संघका कोषाध्यक्ष शाक्यले बताए ।
राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुब्बाले साझेदारले राष्ट्रिय सहकारी महासंघका सहकारीलाई डिजिटाईजेसन एवं कोप भिजन २०३० लाई समेत सेवा पुर्याउने बताईन ।
कम्पनीका निर्देशक सुवेदीले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने बताए । उनले अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका नायव महाप्रवन्धक सुरेश थापा, सूचना अधिकृत रामसुदन तिमिल्सिना, इन्फोडेभलपर्सका सेल्स प्रमुख अनिशकुमार झा एवं बजार प्रमुख रेशम भण्डारीकोलगायतको उपस्थिती रहेको थियो । इन्फोडेभलपर्सले, सहकारी र लघुवित्त संस्थाहरुलाई सेवा दिइरहेको छ ।
Leave a comment