काठमाडौं । सूर्यमुखी साना किसान कृषि सहकारीले आफ्ना सदस्यहरुलाई दूध उत्पादनका आधारमा अनुदान बितरण गरेको छ । वागमती प्रदेश सरकारको उत्पादनमा आधारित कार्यक्रम अन्र्तगत संस्थामा दूध बिक्री गर्ने सदस्यलाई प्रतिलिटर ३ रुपैयाँ ५६ पैसा अनुदान उपलब्ध गराइएको अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिए ।
संस्थाका सदस्यहरुको खातामा अनुदानको रकम उपलब्ध गराइएको र आजदेखि झिक्नसक्ने संस्थाले जनाएको छ । जसअनुसार मंगलबार मेलम्ची नगरपालिका–१ का किसानले, बुधबार २ नम्बर वडाका किसानले, विहिबार ३ नम्बर र शुक्रबार ४ तथा ५ नबर वडाका किसानहरुले रकम झिक्न सक्ने संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको भोटेचौरमा रहेको सहकारीले सदस्यबाट दुध संकलन, चिलङ तथा बजारीकरणको काम गर्दै आएको छ । संस्थाबाट हाल दैनिक ४ हजार लिटर दुध संकलन तथा बजारीकरण हुने गरेको छ ।

Leave a comment