साना किसान सहकारी सलाङका सदस्यलाई डेढ करोड बढीको अनुदान र राहत 

साना किसान सहकारी सलाङका सदस्यलाई डेढ करोड बढीको अनुदान र राहत  :: Sahakari Akhabar

काठमाडौं । साना किसान कृषि सहकारी सलाङले गत आर्थिक वर्ष २०७९ / ०८० मा सदस्यहरुलाई डेढ करोड रुपैयाँ भन्दा बढीको अनुदान तथा राहत वितरण गरेको छ । संस्थाले संचालन गर्दै आएका कृषिजन्य बस्तुमा उत्पादनको आधारमा अनुदान, कृषि औजार, ब्याज छुट, विउँमा अनुदान, विपत्त राहत, सुत्केरी भत्ता, एक महिला भत्तालगायतका कार्यक्रमबाट सदस्यहरुलाई उक्त राहत तथा अनुदान दिएको हो ।

भ्यालु चेन डेभलपमेन्ट अफ फ्रुट्स एण्ड भेजिटेबल प्रोजेक्ट (भीसीडीपी) बाट २१ लाख ८२ हजार, साना किसान विकास लघुवित्त वित्तीय संस्था गजुरीबाट ७५ हजार अनुदान र संस्थाको आन्तरिक स्रोतबाट १ करोड २९ लाख गरी कुल एक करोड ५२ लाख ४० हजार राहत तथा अनुदान बाडिएको संस्थाका मुख्य ब्यवस्थापक गोपाल सिलवालले जानकारी दिए ।

संस्थाले सदस्यहरुले उत्पादन गरेको कृषिजन्य बस्तु उत्पादनको आधारमा अनुदान कार्यक्रम अन्तरगत दुधमा प्रति लिटर रु ५ तरकारीमा प्रति केजी रु २ र जिउदो खसी  प्रति के जी रु २० वितरण गरेको छ ।


 



Leave a comment