काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको जेगेडा कोषमा १ अर्व नाघेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार संस्थाको जगेडा कोषमा १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैया रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाले प्रकाशन गरेको आर्थिक वर्ष ०७९ / ०८० असार मसान्तको वित्तिय विवरण अनुसार तरलतामा समेत वृद्धि गरेको छ । जेठ मसान्तमा २५.३९ प्रतिशत तरलता रहेको संस्थामा असार मसान्तसम्म २७.८७ प्रतिशत अर्थात ३ अर्व ५ करोड ९३ लाख ४७ हजार ८६६ रुपैया तरलता रहेको जनाएको छ ।
संस्थाले असार मसान्तसम्म १ अर्व ६३ करोड १४ लाख ५२ हजार १ सय रुपैया शेयर पूजी तथा १० अर्व ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैया बचत संकलन गरेको जनाएको छ । ११ अर्व २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैया लगानी गरेको संस्थामा कूल पूँजी १५ अर्व ४६ करोड ३५ लाख ४७ हजार ६२४ रुपैया पुगेको छ । १ लाख ५७ हजार ६०६ जना सदस्य रहेको संस्थामा ७७ हजार २७५ जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।
Leave a comment