काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का कार्यवाहक अध्यक्ष चन्द्र ढकालले राज्यले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न मात्र नभएर ऋणीसंग ऋण उठाउने कुरामा पनि सहजीकरण गरिदिनु पर्ने बताएका छन् ।
उनले सहकारीमा बचतकर्ता तथा ऋणी दुवै सदस्य भएकोले दुवै पक्षको समस्या पहिचान गरी समस्या हल गर्न सहयोग गर्नुपर्ने बताएका हुन् ।
शनिवार काठमाडौमा भएको सहकारीकर्मीहरुसंगको छलफलमा कार्यबाहक अध्यक्ष ढकालले सहकारीका समस्याको बर्गिकरण गरेर समाधान खोज्नुपर्ने बताएका छन् ।
उनले सहकारीमा बचत फिर्ता गर्न नसक्नु मात्र समस्या नभएर ऋण नउठ्नु पनि समस्या रहेकोले समस्याको बर्गिकरण गरि समाधान खोज्नु पर्ने बताए ।
उनले समस्याग्रस्त, समस्याउन्मुख र समस्या नभएका सहकारीको पहिचान गरि समाधान तर्फ लाग्न सरोकरवालाहरुलाई आग्रह गरे।
सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु लागेपनि बचतकर्ताले न्याय पाउनेगरी समस्या समाधान भएको इतिहास नभएको उनको भनाइ छ । साथै सहकारीका समस्या समाधानमा सदस्य पनि जिम्मेवार हुनुपर्ने बताए ।
वर्तमान अवस्थामा सहकारीमा समस्या निराकरण हुदैगएको अवस्था रहेकोले नियामक निकायपनि बचत फिर्ताका विषयमा गम्भिर रहेको उनको भनाइ छ ।
सहकारी सहकारीकै अवस्थामा फर्किनथालेको भन्दै कार्यबाहक अध्यक्ष ढकालले सहकारी पिडितले पनि बाध्य भएरमात्र सहकारी विभाग घेराउ गर्ने सिआइबीलाई पत्र लेख्ने र आन्दोलन गर्ने जस्ता कार्य भएकाले सरोकारवाला गम्भिर हुन आग्रह गरे ।
सदस्यको बचत सुरक्षीत छ भन्ने विश्वास दिलाउने गरि सरकारको समस्या पहिचान तथा सुझाव कार्यदलले काम गर्नुपर्ने पनि उनको भनाइ छ ।
केही महिनादेखि सहकारी पिडितहरुले माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् भने सरकारले सहकारीका समस्या पहिचान तथा सुझाव कार्यदल बनाएको छ । कार्यदलले सरकारलाई सुझाव पनि बुझाएको छ ।
Leave a comment