काठमाडौ । नेपाल रेमिटमार्फत विदेशबाट पठाएको रेमिट्यान्स अब देशभरका सहकारी संस्थाहरुमार्फत भुक्तानी लिन सकिने भएको छ । राष्ट्रिय सहकारी बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएपछि बैंकमा आवद्ध सहकारी संस्थाहरुले नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था भएको हो ।
रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँ र रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरे । सम्झौता अनुसार विभिन्न सहकारीमा आवद्ध सदस्यहरूले आफु आवद्ध सहकारी मार्फत नै रेमिट्यान्स् भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउदै आएको छ । डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै रेमिटले बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकलाई खातामा रियल टाइम नै भुक्तानी ब्यवस्था गरेको छ ।
Leave a comment