साहारा साकोसमा २५.३९ प्रतिशत तरलता 

साहारा साकोसमा २५.३९ प्रतिशत तरलता  :: Sahakari Akhabar

काठमाडौं । झापस्थिती सहारा नेपाल बचत तथा ऋण सहकारीमा तरलता अनुपात २५.३९ प्रतिशत पुगेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार जेठसम्ममा तरलता २५.३९ प्रतिशत रहेको छ। बैशाखमा संस्थाको तरलता अनुपात २५.११ प्रतिशत रहेको थियो । संस्थाको बचत संकलन बृद्धिसँगै तरलतामा सुधार आएको हो ।

बैशाखमा संस्थाको बचत १० अर्ब ८० करोड रुपैयाँ रहेकोमा जेठमा १० अर्ब ९० करोड पुगेको छ । तर, ऋण लगानी भने घटेको छ । बैशाखसम्ममा कुल ११ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको संस्थाको जेठमा ११ अर्ब ५० करोडमा झरेको छ । योसँगै संस्थाको बाह्य ऋण पनि घटाएको छ । बैशाखसम्ममा ८४ करोड १० लाख रुपैयाँ रहेकोमा जेठमा ६२ करोड १५ लाखमा झरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

 
 



Leave a comment