बिराटनगर । कोशी प्रदेशसरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपरान्ह बजेट प्रस्तुत गरेका हुन् ।
बुधबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएको हो ।
प्रस्तुत बजेटमा सहकारी क्षेत्रमा नवप्रवर्तन सहितको क्षमता बिकासका माध्यमबाट सहकारीमा अधिकतम सुशासन कायम गरिने । स्थानीय तहमा सहकारी शाखामा कार्यरत कर्मचारी , सहकारिकर्मिको क्षमता बिकासका कार्यक्रमहरु सन्चालन गर्ने ब्यबस्था गरेको छ ।
त्यसैगरी सहकारी सस्थाहरुमा सघन तथा नियमित अनुगमनका माध्यमबाट सस्थाको दिगोपनाको बिकास र स्व( नियमन हुन सहयोग गर्ने, सहकारी क्षेत्रमा देखिएका बिकृती हटाउन प्रदेश, स्थानीय तहका अलवा सहकारीका संघ, सहकारिकर्मीसगको सहकार्य बिस्तार गरि सहकारी शुद्धीकरण अभियान चालाइने बजेट बक्तब्यमा उल्लेख गरिएको छ । कोशी प्रदेश सरकारले सहकारीका कार्यक्रमका लागि ४ करोड बिनियोजन गरेको छ ।
Leave a comment