उपलब्धी र कान्तिपुर सहकारीद्धारा बचत फिर्ताको प्रतिवद्धता 

उपलब्धी र कान्तिपुर सहकारीद्धारा बचत फिर्ताको प्रतिवद्धता  :: Sahakari Akhabar

काठमाडौं । उपलब्धी बहुउद्देश्यीय र कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले  संघिय सहकारी विभागमा बचत फिर्ताको प्रतिवद्धता गरेका छन् । दुवै संस्थाका सदस्यले बचत फिर्ता नपाएको भन्दै उजुरी परेपछि विभागले निश्चित समयभित्र बचत फिर्ताको प्रतिवद्धता गराएको हो ।

दुवै संस्थाले असारमसान्तसम्म पाकेको ब्याज फिर्ता गर्ने र त्यसपछि बचत फिर्ता गर्दै जाने प्रतिवद्धता गरेका हुन् । सहकारीको सम्पतिबाट दायित्व फरफारक हुन नसकेको अवस्थामा संचालक तथा व्यवस्थापकको सम्पतिबाट पनि रकम तिर्ने प्रतिवद्धता गराइएको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

दुवै संस्थाले गरेको प्रतिवद्धा अनुसार काम भए / नभएको बारे विभागले नियमित अनुगमन गर्ने र त्यसको प्रतिवेदन समेत सार्वजनिक गर्ने विभागले जनाएको छ । यसअघि विभागले पत्रकार सम्मेलन गरी सम्पति तथा दायित्व विवरण पेश गर्ने सहकारी संस्थालाई बचत फिर्ताका लागि समय दिने बताएको थियो । सहकारी क्षेत्रमा देखिएको तरलता अभावका कारण कतिपय सहकारी संस्थाले बचत फिर्ता गर्न सकेका छैनन् । जसका कारण सहकारीप्रति सर्वसाधारण नकारात्मक बन्दै गएका छन् ।



Leave a comment