सहकारी अस्पतालबाट पनि स्वास्थ्य विमा कार्यक्रम संचालन हुने

सहकारी अस्पतालबाट पनि स्वास्थ्य विमा कार्यक्रम संचालन हुने :: Sahakari Akhabar

काठमाडौं । सरकारले संचालन गर्दे आएको स्वास्थ्य विमा कार्यक्रम अव सहकारी अस्पतालबाट पनि लिन सकिने भएको । आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वास्थ्य विमा कार्यक्रम अव सहकारी अस्पतालबाट पनि लिन सकिने बताएका छन् । त्यसैगरी सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

त्यसैगरी मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताइएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएका छ ।

त्यसैगरी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।



Leave a comment