हाइलाइट

इमेज सहकारीको समस्याले जिल्ला सहकारी संघ विवादीत 

इमेज सहकारीको समस्याले जिल्ला सहकारी संघ विवादीत  :: Sahakari Akhabar

काठमाडौं । वागलुङस्थित इमेज वचत तथा ऋण सहकारीमा देखिएको समस्याले जिल्ला सहकारी संघ नै विवादमा तानिएको छ । एक महिनाअघि संस्थामा समस्या देखिएपछि संघले समाधान गर्ने प्रतिवद्धता गर्यो। संघको प्रतिवद्धतापछि बचत फिर्ता गर्न ६ महिनाको समय दिएपनि अहिले संस्थापक अध्यक्ष देव कुमार नेपाली लगायतका संचालकहरु सम्पर्क विहिन भएपछि बचतकर्ताहरु आक्रोशित भएका छन् ।

संचालकहरु सम्पर्क विहिन भएपछि वचतकर्ताहरुका तर्फबाट गठित संघर्ष समितिले शनिबार संघका पदाधिकारीलाई दवाव दिएका छन् । सहकारीले सूचना प्रकाशित गरेर कार्यालय बन्द गरेदेखि नै संघको अगुवाईमा संस्थालाई सहज रुपमा सञ्चालन गर्न र वचतकर्ताहरुको रकम फिर्ताका लागि समन्वय गरेको संघका अध्यक्ष हुमा कुमारी जि.सीले बताइन् । तर, समन्वयकारी भूमिका र आम वचतकर्ताको भावना विपरित देव कुमार नेपाली र उहाँको टिम सम्पर्क विहिन भएका कारण थप समस्या परेका उनको भनाइ छ ।

बैशाख ७ गते सूचना प्रकाशित गरेर इमेज सहकारीको कार्यालय बन्द गरेपछि संघको समन्वयमा बैशाख १२ गतेदेखि कार्यालय सुचारु गरिएको थियो । कार्यालय शुरु भएपछि नियमित रुपमा जिल्ला सहकारी संघ र वचतकर्ताहरुसंग समन्वय गदैै वचत फिर्ता गर्छु भनेका नेपालीले जेठ १ गते वचतकर्ताहरुको भेला समेत गरेका थिए ।

वचतकर्ताले दिएको समयसिमा भित्र वचतफिर्ताका लागि आवश्यक पहल गर्नु पर्नेमा सम्पर्क विहिन भएपछि वचतकर्ताहरु थप अन्यौलमा परेका छन् । संस्थाका पदाधिकारीहरु सम्पर्क विहिन भएपछि वचतकर्ताहरुले संघर्ष समिति गठन गरी दवाव दिन सुरु गरेका छन् । उनीहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी पनि गरेका छन् ।

वचतकर्ताहरुको निवेदन पछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले संस्थाको वित्तीय अवस्थाको बारेमा अनुमगन गरी कार्यालय शिल गर्नुका साथै कानुनी कार्वाहीका लागि केन्द्रीय अनुसन्धान व्यूरोमा सिफारिस गरेको प्रदेश रजिष्ट्रार कार्यालयले जनाएको छ । इमेज सहकारीले बागलुङ बजारमा सञ्चालित कार्यालयबाट १ अर्ब २४ करोड, गलकोट सेवा केन्द्रबाट १८ करोड र बुर्तिबाङ सेवा केन्द्रबाट १२ करोड वचत संकलन गरेको छ ।



Leave a comment