काठमाडौं । समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्थाको जग्गा बिक्री नभएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सदस्यलाईनै जिम्मा लगाउने भएको छ । संस्थाको स्वामित्वमा रहेको चितवन जिल्ला साविक भण्डारा ६ (हाल राप्ती नगरपालिका ६) को १३ कठ्ठा जग्गा सदस्यलाई जिम्मा लगाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना प्रकाशन गरेको छ ।
समितिले उक्त सहकारीको स्वामित्वमा रहेको राप्ती नगरपालिका–६ कित्ता नं १०९ को १३ कट्ठा जग्गा लिलामीको लागि सूचना प्रकाशित गरेको थियो । तर, तोकिएको मितिभित्र कुनै बोलपत्र कवोल प्रस्ताव नआई लिलाम हुन नसकेको जनाएको छ ।
उक्त जग्गा लिलामी नभएपछि संस्थाका सदस्यहरु मध्ये केहीले आफ्नो दावी रकमको अनुपातमा सो जग्गा लिई सहकारीको बचत हिसाव मिलान गरी पाऊँ भनी समितिसमक्ष निवेदन दिएको सूचनामा उल्लेख छ ।सहकारी संस्थाका इच्छुक मागदावीकर्ताहरुले आफ्नो मागदावीको अनुपातमा उक्त जग्गा लिन मञ्जुर भएमा सूचना प्रकाशित भएको १५ दिन भित्र निवेदन दिन सूचनामा उल्लेख छ ।

Leave a comment