काठमाडौं । सहकारी संघसंस्थाको साइवर जोखिम व्यवस्थापनका लागि जिनव इंन्क र क्रिप्टोजेन नेपालबीच सम्झौता भएको छ । सम्झौता अनुसार दुबै कम्पनीले संयुक्त रुपमा सहकारी संस्थामा साइवर सुरक्षाको फ्रेमवर्क बनाउने र त्यसबाट सानो सानो जोखिमहरुलाई पनि पहिचान गरी सुरक्षित राख्न कामका लागि सहकार्य हुनेछ ।
जीनव सहकारी सफ्टवेयरमा र क्रिप्टोजेन साइबर सुरक्षामा काम गरिरहेका कम्पनी हुन् । दुबै कम्पनीबीच भएको सम्बन्धी सम्झौतामा जीनवका सिइओ राजिव कर्ण र क्रिप्टोजेन नेपालका सिटिओ निर्मल दाहालले हस्ताक्षर गरे । सहकारी संस्थामा विभिन्न प्रकारका साइवर आक्रमणलाई रोक्न यो सम्झौताले महत्वपुर्ण भुमिका खेल्ने बताइएको छ ।
नेपालमा साईवर आक्रमण वढिरहेको र त्यसमा सहकारी संस्थाहरु पनि जोखिममा रहेकाले सहकारी संघ संस्थाहरुलाई सेवा दिने उदेश्यले क्रिप्टोजेन नेपालसँग सहकार्य गरिएको जीनवका सिइओ कर्णले बताए । हाल सहकारी संस्थाहरुमा आफ्नै सर्भर वा क्लाउड मार्फत अनलाईन ट्रान्जेक्सन हुने गरेको छ ।
यस्तो कारोबारमा कस्तो सुरक्षा अपनाइको छ भन्ने विषयमा सहकारीलाई पनि जानकारी नभएको पाइएको छ । सहकारीहरुले क्लाउड सर्भरमा इन्फरमेसन सेक्युरेटी (आइएस) र आफ्नै सर्भर भएको अवस्थामा (एसओएस) सेवा मार्फत आफ्नो डाटाको सुरक्षित गर्नुपर्ने बताइएको छ । दुवै कम्पनीबिच सहकार्य गरी सहकारी संघसंस्थालाई यो सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने तयारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
Leave a comment