सौजन्य सहकारीको रकम चोरी गर्ने चार जना पक्राउ

सौजन्य सहकारीको रकम चोरी गर्ने चार जना पक्राउ :: Sahakari Akhabar

विराटनगर । गएको चैत २ गते राति ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाबाट ७ लाख ७७ हजार चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले प्रक्राउ गरी सार्वजनिक गरेको छ । रातीको समयमा सहकारीको भवनको ढोकाको ताला फोडी फलामको सेफ बाकस (भल्ट) मा राखेको रकम चोरी गरेर फरार रहेका थिए ।

चोरी कसूरमा संलग्न ४ जना ब्यक्तिहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी कसूरमा सम्मानित मोरङ जिल्ला अदालतको आदेशले निम्न ३ जना पुर्पक्षको लागि कारागार चलान भएको र १ जना धरौटी राखी छुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ ब्यक्तिहरूमा मोरङ ग्रामथान गाँउपालिका वडा न.५ बस्ने बर्ष ४० का दिलिप कुमार चौधरी, सोही बस्ने बर्ष २८ का ईरज धामी, सर्लाही लालबन्दी न.पा.वडा न.२ पुनरबास टोल बस्ने बर्ष ३५ का मिथुन पासवान र सर्लाही ईश्वरपुर न.पा. वडा न.५ नरेशखोर टोल बस्ने बर्ष २६ को मिथिलेश महत्तो रहेका छन् ।

उनीहरुलाई मोरङ जिल्ला अदालतको आदेशले प्रतिवादी दिलिप कुमार चौधरी, ईरज धामी र मिथुन पासवानलाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ भने प्रतिवादी मिथिलेश महत्ता दुई लाख धरौटीमा छुटेका छन्। 
 



Leave a comment