कैलाली । किसान बहुउद्देश्यीय सहकारीले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थासँग जगेडा कोषमा २० करोड ६१ लाख २ हजार ६ सय २८ रुपैयाँ र अन्य विभिन्न कोषहरुमा ५९ करोड ३८ लाख ४२ हजार ५ सय २२ रुपैयाँ रहेको छ ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सेयर पुँजी ३८ करोड ४७ लाख १२ हजार पाँच सय रुपैयाँ रहेको छ । त्यसैगरी ३ अर्ब ४८ करोड ४० लाख ३ सय २४ रुपैयाँ बचत छ भने ४ अर्ब २७ करोड ४२ लाख १९ हजार ३ सय ३८ रुपैयाँ कर्जा लगानीमा रहेको छ ।
५ अर्ब २६ करोड ८१ लाख ९० हजार ९ सय ८१ रुपैयाँ कुल सम्पत्ती रहेको संस्थासँग ६४ करोड १७ लाख ४८ हजार ९९ रुपैयाँ लगानी योग्य रकम अर्थात तरलता २१.०५ प्रतिशत रहेको छ । संस्थाको प्रधान कार्यालय सहित ४१ वटा सेवा केन्द्र रहेका छन् । संस्थाले ४ वटा कोप एग्रो युनिट र ३ वटा कोप मार्ट समेत सञ्चालन गरेको छ ।
संस्थामा ७८ हजार ६ सय ४३ सदस्य ३५ हजार ८ सय १० जनाले ऋण लिएका छन् । सहकारी विभागले हरेक महिनाको वितीय विवरण प्रकाशित गर्न सहकारी संघ संस्थालाई निर्देशन दिए अनुरुप संस्थाले यस आर्थिक बर्षको चैत्र महिनाको वित्तीय विवरण प्रकाशित गरेको हो ।

Leave a comment