किसान साकोसको चैत्र मसान्तसम्म कोषमा २० करोड बढी

किसान साकोसको चैत्र मसान्तसम्म कोषमा २० करोड बढी :: Sahakari Akhabar

गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले सनर्वजनिक गरेको वित्तिय विवरण अनुसार जगेडा तथा अन्य कोषमा २० करोड वढी रकम पुगेको छ । संस्थाको जगेडा कोषमा १७ करोड ३९ लाख १५ हजार ७८७ रुपैंया तथा अन्य कोषमा ३ करोड ३० लाख ४७ हजार ४८२ गरी २० करोड ६९ लाख ६३ हजार २६९ रुपैयाँ पुगेको छ ।

संस्थाले प्रकाशन गरेको चैत्र मसान्त सम्मको विवरणमा तरलता २१.९१ प्रतिशत अर्थात ६० करोड ४९ लाख ४६ हजार ८२२ रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको सेयर पूँजी ३३ करोड ४७ लाख, २६ हजार २०० रुपैयाँ रहेको छ । त्यसैगरी बचत संकलन २ अर्ब ७६ करोड ८ लाख, ३९ हजार २६५ रुपैयाँ र ऋण लगानी २ अर्ब ४८ करोड ३२ लाख ५७ हजार ८३७ रुपैयाँ रहेको छ ।

साथै संस्थाको कूल सम्पत्ती ३ अर्व ४५ करोड ३ लाख १० हजार ८१३ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यसैगरी संस्थागत पूँजी १९ करोड १५ लाख ३४ हजार २५३ रुपैयाँ रहेको जनाइएको छ । सस्थामा ८४ हजार ९१९ जना जम्मा सदस्य मध्ये १३ हजार ५८० जनालाई ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।



Leave a comment