जनउत्थान साकोसको चैत्र मसान्तको वित्तिय विवरण सार्वजनिक

जनउत्थान साकोसको चैत्र मसान्तको वित्तिय विवरण सार्वजनिक :: Sahakari Akhabar

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले सनर्वजनिक गरेको वित्तिय विवरण अनुसार जगेडा कोषमा २४ करोड ९ लाख ५६ हजार ९६३ रुपैंया पुगेको छ ।

संस्थाले प्रकाशन गरेको चैत्र मसान्त सम्मको विवरणमा तरलता २२.७६ प्रतिशत अर्थात ५६ करोड ९८ लाख ७५ हजार ५७० रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको सेयर पूँजी ३० करोड ६६ लाख, ४६ हजार ९०० रुपैयाँ रहेको छ । त्यसैगरी बचत संकलन २ अर्ब ५० करोड ३५ लाख, ६७ हजार १३ रुपैयाँ र ऋण लगानी २ अर्ब ५६ करोड ३९ लाख ५६ हजार ५५८ रुपैयाँ रहेको छ ।

साथै संस्थाको कूल सम्पत्ती ३ अर्ब २५ करोड ६७ लाख ३७ हजार ७९४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यसैगरी संस्थाको कर्जा जोखिम कोषमा ५ करोड २५ लाख ७५ हजार ९४८ रुपैयाँ रहेको जनाइएको छ ।सस्थामा ३९ हजार ६९१ जना जम्मा सदस्य मध्ये १० हजार २१६ जनालाई ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।



Leave a comment