बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा सवा सात करोड पुगेको छ । संस्थाले प्रकाशन गरेको चैत्र मसान्त सम्मको विवरणमा संस्थाको जगेडा कोषमा ७ करोड १३ लाख १४ हजार ७३५ रुपैयाँ रहेको देखाइएको छ ।
संस्थामा तरलता २०.४६ प्रतिशत अर्थात ३० करोड ३३ लाख ८८ हजार ९५३ रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको सेयर पूँजी ३९ करोड ८६ लाख, २० हजार ८०० रुपैयाँ रहेको छ । त्यसैगरी कुल संस्थागत पुँजी ७ करोड ७७ लाख ३ हजार ९९८ रुपैयाँ, बचत संकलन १ अर्ब ४८ करोड २८ लाख, ६६ हजार ६२१ रुपैयाँ र ऋण लगानी १ अर्ब ५२ करोड ७३ लाख ८६ हजार ४७४ रुपैयाँ रहेको छ ।
साथै कुल सम्पत्ती २ अर्ब ४ करोड ९२ लाख ५० हजार ४६९ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यसैगरी संस्थाको विभिन्न कोषमा १० करोड २२ लाख ५८ हजार ७४३ रुपैयाँ रहेको जनाइएको छ । सस्थामा ४ हजार ३९८ बाल बचतकर्ता, २५ हजार ४ जना सदस्य सहित २९ हजार ४०२ जना सदस्य मध्ये ६ हजार ९०७ जनालाई ऋण लगानी गरेको विविरणमा उल्लेख छ ।

Leave a comment