सहकारीले महिलाको नेतृत्व विकास गरेको छ : खापुङ

सहकारीले महिलाको नेतृत्व विकास गरेको छ : खापुङ :: Sahakari Akhabar

विराटनगर । ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ मोरङमा पनि सहकारी दिवस मनाईएको छ । सहकारी दिवस मूलसमारोह समितिको आयोजनामा सुन्दर हरैचाको विराट चोकमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो ।

मूल समारोह समितिका संयोजक  डिल्ली पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खापुङले सहकारी क्षेत्रमा महिलाको सहभागिता बढी रहनु खुसीको कुरा रहेको बताए । नेपालको अर्थतन्त्रमा सहकारीको पनि ठूलो योगदान रहेको उनको भनाई छ ।

महिलाहरुलाई नेतृत्व तहसम्म पर्याउन पनि सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । ‘राजनीतिमा महिलाको नेतृत्व स्थापित गर्न पनि सहकारीले सघाएको छ’, उनले भने, संघिय निर्वाचन , प्रदेश निर्वाचन तथा स्थानीय तहको निर्वाचनमा महिलालाई निर्वाचित हुन सहकारी मार्फत समाजमा जोडिएका कारण सहज भएको छ । यो सकारात्मक पक्ष हो ।’

सहकारीले रोजगारी पनि सिर्जना गरेको प्रमुख आपुङले बताए । पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्याको बारेमा बोल्दै उनले हिड्दै जाँदा ठेस लाग्ने भएकाले सानो तिनो ठेस लाग्दैमा रोकिनुपर्ने अवस्था नरहेको बताए ।

सहकारीले हरेक काम गर्ने भएकाले पनि सहकारी क्षेत्रले अझै देखिने काम गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले केदार गुरागाइ सुन्दर हरैचा नगरपालिका मेयर सहकारीले भाषा धर्म, आर्थिक सामाजिक सबै क्षेत्रमा काम गरेको  गरिरहेको बताए ।  सकारात्मक कामको प्रशंसा कम र नकारात्मकको बढी प्रचार हुने भएकाले अहिलेको सहकारीको अवस्था पनि त्यस्तै भएको बताए ।

स्थानीय तहहरुको पनि  सहकारीकर्मीहरुले सोचे जस्तो नभएपनि काम भने भईरहेको बताए ‘हामी भित्र रहेका सकारात्मक कुरालाइ पनि अगाडि बढाउन सकिन्छ भनेर जाने हो, यहाँ कि निजि तथा कि सरकारी भन्ने अबस्था छैन्’, उनले भने, ‘सहकारी क्षेत्र पनि छ अहिले ।

अर्थतन्त्रको तीन खम्बा मध्येको एक सहकारी पनि हो । तर, सहकारीले यो दिएन उ दिएन भनिरहदा पाएको चिज कति उपयोग गरेउ भन्ने कुराको नि समिक्षा गर्नुपर्ने दिन आएको छ ।’ सस्था मोटाउने र सदस्य दुब्लाउने हो भने सहकारीकर्मी भनेर छात्ती फुलाउनु पर्ने अबस्था नरहेको गुरागाईले बताए ।

त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले  समस्या भन्दा बढी हल्ला भएको बताईन ।  राम्रा कुरा भन्दा नराम्रो कुरा धेरै बिक्ने र खोजी पनि नकारात्मक कुराको धेरै हुने गरेको उनको भनाई छ ।  सहकारीमार्फत नेतृत्व विकास पनि भईरहेको उनले बताईन ।  लघुबित्तले गर्दा समुदायमा अधारित भएर चलिरहेका सहकारीलाई मुछ्न नहुने भन्दै नेपालले सदस्यको घर घरमा जान जरुरी रहेको बताईन ।

बचत तथा ऋण सहकारी संघ कोशी प्रदेशका उपाध्यक्ष हरि सुवेदीले लघुबित्तका कारण सहकारीलाई धेरै समस्या भएको बताए । कार्यक्रममा झ्याकी सहितको र्याली निकालिएको थियो । र्यालीमा सहभागि हुनेहरुलाई सहभागिताको आधारमा प्रथम, द्धितिय र तृतिय हुनेलाई सम्मान गरिएको थियो ।

सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबारकर्मी थापालाई

सहकारी पत्रकारिता पुरस्कार सहकारी अखबार डट कम कोशी प्रदेश संवाददाता चीना थापालाई प्रदान गरिएको छ । ६६ औं राष्ट्रिय सहकारी दिवस ः मूलसमारोह समितिले सोमबार सुन्दर हरैचाको विराट चौकमा गरेको कार्यक्रममा थापालाई सम्मान गरिएको हो । कोशी प्रदेशका प्रमुअ पर्शुराम खापुङले नगद ११ हजार १ सय नगद सहित पत्रकार थापालाई सम्मान गरेको हुन ।

५ हजार १ सय रुपैया राशी रहेको पुरस्कार यो बर्ष देखि बढाएर ११ हजार १ सय पुर्याईएको सहकारी दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।  सहकारी व्यक्तित्व पुरस्कारबाट रंगेली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद मेहेता र केराबारी सामुदायिक सहकारी  सस्थाकी विन्दा श्रेष्ठ तामाङलाई प्रदान गरिएको छ । 



Leave a comment