सौजन्य साकोसको सात लाख बढी चोरी  

सौजन्य साकोसको सात लाख बढी चोरी   :: Sahakari Akhabar

बिराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा रहेको सौजन्य बचत तथा ऋण सहकारी सस्था गए राती चोरी भएको छ । सहकारिबाट सात लाख भन्दा बढी रकम चोरी भएको सहकारीले जनाएको छ ।

चोरी गर्न आएकाहरुले अर्को  ग्रामिण विकास सहकारी संस्थाको पनि ताला फोडेर चोर्ने  प्रयास गरेको भएपनी सस्थामा पैसा नराखेका कारण चोर्न नपाएको सस्थानियले बताएका छ्न ।

सौजन्य सहकारीवाट   ७ लाख ७७ हजार, ४५ रुपैया लुटेको सहकारिले जनाएको छ । ग्रामिण विकास सहकारी संस्थामा भने पैसा नराखिएकोले केही लान नसकेको जानकारी आफुलाई प्राप्त भएको स्थानिय जनप्रतिनिधि गोपाल  न्यौपानेले जानकारी दिए ।

यसका विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको उनले बताए । स्थानिय पसलहरुमा लाएको सिसिक्यामेरामा भने लुटेराहरू बोलेरोमा आएको देखिएको तर सोही प्रयोजनमा प्रयोग भए नभएको अनुसन्धानपछि खुल्ने उनको भनाइ छ ।



Leave a comment