सत्रहजार किन तिर्ने ?

सत्रहजार किन तिर्ने ? :: Sahakari Akhabar

काठमाडौं । केही दिनदेखि राष्ट्रिय सहकारी महासंघले सामाजिक सञ्जालमा एउटा संदेश सहितको सूचना जारी गरिरहेको देखिन्छ । जसमा १५ हजारमै हुने कामलाई १७ हजार किन तिर्ने भन्ने संदेश छ । त्यसमा समय तोकिएको छ की फागुन ३० गतेसम्म सहभागी हुनेलाई १५ हजार र त्यसपछि सहभागी हुन चाहनेलाई १७ हजार रुपैयाँ ।

संघले चैत २३ देखि २५ गतेसम्म गर्नलागेको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा सहभागी हुन सहभागीले तिर्ने शूल्क र समयको बचतको संदेश दिएको छ । संघले २ दिन भित्र सहभागीता जनाए समय र पैसा दुवै बचत हुने विज्ञापन गरेको छ ।

जुन कुरा तपाईले कम मूल्यमा पाइरहनु भएको छ भने वढी मूल्य किन तिर्ने भन्ने प्रश्न स्वभाविक हो । पन्ध्रहजारमा पाएको कुरालाई तपाइले सत्रहजार किन तिर्ने ? भन्ने प्रश्न महत्वपूर्ण हो । तपाइलाई त्यो सामान आवश्यक छ, छैन भन्ने पनि अर्को महत्वपूण कुरा हो ।

यस्तो छ विज्ञापन
के तपाईले महासम्मेलनमा खल्ति एपमार्फत रजिष्ट्रेशन गरिसक्नु भयो ? ऐतिहासिक महासम्मेलन र महासम्मेलनले दिशावोध गर्ने कार्यदिशाको योगदानकर्ता वन्नवाट कतै तपाई छुट्दै त हुनुहुन्न ? यस अभियानमा तपाईको महत्वपूर्ण सल्लाह तथा सुझाबको आवश्यक्ता छ । यदि गर्नुभएको छैन भने रजिष्ट्रेशन गर्न २ दिन मात्र बाँकी छ है । आजै नाम दर्ता गराउनुहोस् आफ्नो सहभागिता सुनिश्चित गर्नुहोस । रु १५,००० तिरेर फाल्गुन मसान्तभित्र रजिष्ट्रेशन गर्नुहोस् । चैत्र १ गतेदेखि रु १७,००० किन तिर्ने ?

एक दर्जन विषयहरुमा राष्ट्रिय र अन्तर्राष्टिय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । राष्ट्रिय सहकारी महासंघका अनुसार कुल १२ वटा सेसनमध्ये २ वटामा अन्तरर्राष्ट्रिय र ९ वटामा राष्ट्रिय व्यक्तित्वहरुको कार्यपत्रमा छलफल हुनेछ । यसैगरी एउटा सेसन समूह छलफलका लागि छुट्याइएको छ ।

महासम्मेलनमा विजनेश काउन्सिल अफ को (अपरेटिभ एण्ड म्युचुअल अष्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसन र आइसीए एसिया प्यासेफिकका क्षेत्रिय निर्देशक वालु आयरले सहकारीको पहिचानबारे र जेए जेन्चु जापानका सिनियर म्यानेजर टकउ इचियाको सहकारी एकीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले डिजिटल इनोभेसन, पूर्व सचिव रामेश्वर खनालले सहकारीमा प्रभावकारी लोकतान्त्रिक शासन पद्धति, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले स्वनियमन र सुपरिवेक्षण, राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले तरलता व्यवस्थापन, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले दिगो विकास लक्ष्य, उद्योग मन्त्रालयकी सहसचिव राधिका अर्यालले वित्तीय र लैङगिक समावेशीता, कृषि तथा बन विश्वविद्यालयका उपकुलपती प्रा।डा पुन्य रेग्मीले कृषि सहकारीरसहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले भिजन २०३० बारे कार्यपत्र प्रस्तुती गर्नेछन् ।

यसैगरी महासम्मेलनमा पूर्व बैंकर अनिल केशरी शाहको उत्प्रेरणा मन्तव्य र मन्त्रालय, नेपाल उद्योग बाणिज्य महासंघ र सहकारी महासंघबीच पब्लीक–प्राइभेट–कोअपरेटिभ पार्टरसिपबारे प्यानल छलफलको कार्यक्रम पनि राखिएको छ । हरेक पाँच–पाँच वर्षमा हुदै आएको महासम्मेलनका लागि ‘सहकारी दिगोपनाका लागि स्वनियमन र सुशासन’ भन्ने नारा तय गरिएको छ ।



Leave a comment