समस्यामा पर्न थालेपछि संघहरुको शरणमा सहकारी 

समस्यामा पर्न थालेपछि संघहरुको शरणमा सहकारी  :: Sahakari Akhabar

काठमाडौं । तरलता अभावको समस्याले सदस्यहरुको दवाव झेल्न नसक्ने अवस्था भएपछि प्रारम्भिक सहकारी संस्थाहरु अभिभावक संघ / महासंघको शरण खोज्न थालेका छन् । सहज अवस्थामा आफुखुशी संस्था संचालन गर्दैै आएकाहरु पछिल्लो समय भने साथ सहयोग र समस्या समाधानकालागि लविङका गर्न छाता संघहरुमा आवद्ध हुनथालेका हुन् ।

‘विगतमा हामीले अनुरोध गर्दा पनि संघहरुमा सदस्य बन्न नआउने संस्थाहरु अहिले हामीलाई खोज्दै आउनुभएको छ’ एक केन्द्रीय संघका संचालकले भने, ‘तर, मनलाग्दी कारोबार गरेका संस्थाहरुलाई ट्रयाकमा ल्याउनभने ग्राहो छ ।’

संघहरुले प्रकाशित गरेको मासिक तथ्यांकले पनि यो कुरालाई पुष्टि गर्छ । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकमा ६ महिनाको अवधिमा मात्र ३४५ वटा संस्थाहरु सदस्य बनेका छन् । बैंकमा साउन मसान्तसम्ममा कुल १५ हजार ४९३ वटा संस्थाहरु सदस्य रहेकोमा माघ मसान्त सम्ममा बढेर १५ हजार ८३८ वटा पुगेको मासिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा पनि ८४ ओटा सदस्य वृद्धि भएको देखिएको छ । संघमा साउन मसान्तमा ४ हजार ४९७ संस्थाहरु सदस्य रहेकोमा माघ मसान्त सम्ममा ४ हजार ५८१ वटा पुगेका छन् ।



Leave a comment