काठमाडौं । गैडाकोटस्थित किसान बचत तथा ऋण सहकारीमा माघ मसान्तमा २४.४३ प्रतिशत तरलता अनुपात कायम गरेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार माघसम्ममा २ अर्ब ७० करोड रुपैयाँ बचत संकलन गरी २ अर्व ४३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थामा ६६ करोड ८ लाख रुपैयाँ तरलता रहेको छ । ३३ करोड ६७ लाख रुपैयाँ शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १७ करोड ३९ लाख रुपैयाँ छ । ८४ हजार १४७ सेयर सदस्य रहेको संस्थाले १३ हजार ७०३ जनालाई ऋण लगानी गरेको छ ।
Leave a comment