गुरु सफ्टवेयरमा ‘फाइभ सी ऐनलाइसीस’सुविधा

गुरु सफ्टवेयरमा ‘फाइभ सी ऐनलाइसीस’सुविधा :: Sahakari Akhabar

काठमाडौं । गुरु इन्फोसिस प्रालीले ‘गुरु कोर बैंकिङ सिस्टम’ को ‘फाइभ सी ऐनलाइसीस’ संस्करण बजारमा ल्याएको छ । बचत तथा ऋणका साथै बहुउद्देश्यीय, दुग्ध, लघुवित्त, साना किसान सहकारीले प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको सफ्टवेयरमा इकेवाइएम, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम बैंकिङ, मिसकल बैंकिङ, ट्याब्लेट बैंकिङ, एविविएस जस्ता सुविधाका साथै ‘फाइभ सी ऐनलाइसीस सुविधा समेत थप भएको हो ।

सफ्टवेयर क्लाउडमा आधारित भएर चल्ने र यसमा शेयर, बचत, ऋण, इस्योरेन्स म्यानजमेन्ट, फाइफ सी एनलाइसीस, लोन डिमाण्ड, भ्यालुएसन म्यानेजमेन्ट, कस्टमर रिलेसन म्यानेजमेन्ट फाइल म्यानेजमेन्ट, एक्टिभिटि लग, अडिट लग, अटो बर्थडे म्यासेजलगायतको सुविधा छन् । यस्तै अटो डे क्लोज र अटो ब्याकअप हुने भएकाले प्रयोगकर्तालाई ब्याकअप लिने र सुरक्षित गर्ने झन्झटबाट मुक्त हुने कम्पनीले जनाएको छ ।

गुरुको मोबाइल बैंकिङ प्रयोग गरी स्क्यान एण्ड पे तथा सहकारीको खातादेखि बैंकमा रकमान्तर गर्न सकिने सुविधा छ । सहकारीका लागि चाहिने सम्पूर्ण सेवा आफ्नै सिस्टमबाट दिन सकिने भएकाले सहकारीले अन्य सुविधाका लागि सफ्टवेयर प्रयोग गर्नु नपर्ने कम्पनीको दावी छ ।

चलाउन अत्याधुनिक र सजिलो सफ्टवेयरमा टिटिआर÷एसटिआर, सम्पति शुद्धिकरण जस्ता अन्य गुणस्तर सुनिश्चिततासँग सम्बन्धित प्रतिवेदन पनि सफ्टवेयरमा समावेश गरिएको कम्पनीका प्रमुख टेक्निकल अधिकृत इन्जिनियर शुशिल सापकोटाले बताए ।

के हो 5C  Analysis

ॠण लगानीगर्दा मापन गर्ने Tools जसमा १०० अंक हुन्छ

Capacity To Pay = ७०अंक

नियमित बचत, ॠण अनुपात, नगद प्रबाहको अवस्था, प्रतिफलद्वारा ॠण भुक्तनी, ॠण अबधी र ॠण भुक्तानिको समय, ब्यापार ब्यबसाएको अवस्था, ॠणकोशिप ॠणको उद्देश्य आय आर्जनमा आधारितलाई मुल्यान्कन गर्दछ

Character =  १५ अंक

संस्थामा ॠण भुक्तनी गर्ने बानी, अन्य संघसंस्थामा भुक्तानी गर्ने बानी, कार्या र अत संस्थमा र समुदायमा सम्बन्ध, बचत गर्ने बानी, सध्भाव र इज्जत , मानवियसम्बन्ध , ॠण अभिलेख रेकर्डलाई मुल्यान्कन गर्दछ

Collateral = ५ अंक

जग्ग्गको प्रकार, घर वा संरचनाको प्रकार र अवस्था, धितो नगदमा परिणत गर्ने स्थितीधितोको बमाकिंतरकम, ॠण र कमर धितोको मात्रा, धितोको कानुनी आधार, अंशियार परिवारको स्विकृतीलाई मुल्यान्कन गर्दछ

Condition =  ५अंक

बजारकोअवस्था, मौसमकोअवस्था , ब्यबसयको अनुकुलता , राजितीअवस्था, कानुनीअवस्था , पारिवारिक पृष्ठमूमि, ब्यबसएको स्वामित्व र जबाफदेहितालाई मुल्यान्कन गर्दछ

Capital = ५अंक

बचतबृद्दि, शेयारबृद्दि, स्वापर्, बाहिय ॠण सापटि, भुक्तनी दिनुपर्ने दायित्व, सम्पतिकोअवस्था, सम्पतिको सकारत्मकस्तरलाई मुल्यान्कन गर्दछ

5C मा मापन गर्ने तरिका

70% Or Below            Rejected          It is not possible to repay the loan

71% to 80%                Approved        Regular savings should be taken with necessary collateral &  good monitoring and inspection should be done

81% to 90%                Approved             Need collateral and inspection

91% to 100%              Approved            Loans can be given without collateral



Leave a comment