हाइलाइट

सहकारीको अनुगमनमा महानगरपालिकाले माग्यो राष्ट्र बैंकको सहयोग 

सहकारीको अनुगमनमा महानगरपालिकाले माग्यो राष्ट्र बैंकको सहयोग  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुको अनुगमन प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्र बैंकसँग सहयोग मागेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्दै महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरूको व्यवस्थित गर्नका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

संविधानको व्यवस्था अनुसार कार्यक्षेत्रको आधारमा सहकारीको अधिकार स्थानिय तहलाई पनि दिइएको छ । हाल काठमाडौं महानगरपालिका मातहतमा करिब २ हजार सहकारीहरु संचालनमा रहेका छन् । महानगरपालिकाले छुट्टै विभाग बनाए पनि सहकारीहरुको अनुगमन र व्यवस्थापन भने प्रभावकारी हुन सकेको छैन ।

पछिल्लो समय सहकारीहरुले सर्वसाधारणको बचत फिर्ता नदिएको, संस्था र संचालक फरार भएको जस्ता उजुरीहरु विभागमा बढिरहेको छ । रकम फिर्ता नगरेको भन्दैबचतकर्ताले महानगरपालिका मातहत रहेका ११८ वटा सहकारी संस्थाविरुद्ध उजुरी गरेका छन् ।

सहकारीमा समस्या बढेसँगै महानगरले अनुगमनलाई कडाइ गर्ने तयारी गरिरहेको छ । गभर्नरसँगको भेटमा सहकारीको नियमन, निरीक्षण र दुरगामी नीति तथा कार्यविधी तजुर्मा गर्ने केन्द्रीत रहेको र आगामी दिनमा आवश्यक समन्वय, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय भएको बताइएको छ । यसअघि विभागको कार्यपालिका बैठकले छुट्टै सहकारी समिति बनाउने निर्णय गरेपनि गठन हुन सकेको छैन ।



Leave a comment