हाइलाइट

ब्याज पुँजीकरणसँगै नेफ्स्कूनमा निक्षेप बढ्यो 

ब्याज पुँजीकरणसँगै नेफ्स्कूनमा निक्षेप बढ्यो  :: Sahakari Akhabar

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भएको ब्याज पुँजीकरणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा निक्षेप बढेको छ । संघले प्रकाशित गरेको मासिक वित्तीय विवरण अनुसार पुस मसान्तमा संघको कूल निक्षेप १७ अर्व पुगेको छ । मंसिर मसान्तमा संघमा १६ अर्व १४ करोड रुपैयाँ निक्षेप रहेको छ ।

मंसिरको तुलनामा पुसमा संघको कर्जा लगानी पनि बृद्धि भएको छ । मंसिरसम्ममा संघको कुल लगानी १५ अर्व २५ करोड रुपैयाँ रहेकोमा पुस मसान्तमा बढेर १५ अर्व ४७ करोड रुपैयाँ पुगेको छ । व्यवसायीक कर्जा बन्द गरेको संघले तरलता अभाव परेका संस्थाहरुलाई स–सानो ऋण दिदै आएको छ ।

निक्षेप बृद्धिसँगै संघको तरलता अनुपात पनि बृद्धि भएको छ । मंसिरमा २२.२० प्रतिशत तरलता अनुपात रहेकोमा पुसमा बढेर २४.२२ प्रतिशत पुगेको संघले प्रकाशित गरेको मासिक वित्तीय विवरणमा उल्लेख छ । 


 



Leave a comment