जेष्ट आइडियोलोजीको १३ औं वार्षिक साधारण सभाः ४८.प्रतिशतले कोष बृद्धि

जेष्ट आइडियोलोजीको १३ औं वार्षिक साधारण सभाः ४८.प्रतिशतले कोष बृद्धि :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभामा संस्थाका प्रमुख कार्यकारी संचालक हेमबहादुर कार्कीले आर्थिक वर्ष ०७८ / ०७९ को प्रगती प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

उनले संस्थाको कोष हिसाब ४८.४७ प्रतिशतले वृद्धि भई १६ करोड ६६ लाख ८६ हजार ९ सय ९९ रुपैयाँ पुगेको बताए । गत वर्ष संस्थाको कोषमा ११ करोड २२ लाख ६८ हजार ४ सय ५७ रुपैयाँ रहेको जानकारी दिए । उनले आर्थिक वर्ष २०७८ / ०७९ मा संस्थाले समग्र वित्तीय सुचकहरुमा उल्लेख्य वृद्धि गरेको बताए ।

आर्थिक वर्ष २०७७ / ०७८ मा ९ करोड ९४ लाख ३६ हजार ५सय रुपैयाँ सेयर पुँजी रहेको संस्थाको आर्थिक वर्ष २०७८ / ०७९ मा ४.२६ प्रतिशतले वृद्धि भई १० करोड ३६ लाख ८० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आ.व.२०७८ / ०७९ मा निक्षेप संकलन १३.३४ प्रतिशतले वृद्धि भई १ अर्ब ६६ करोड २१ लाख २३ हजार ५ सय ९५ रुपैयाँ रहेको जानकारी दिए । संस्थाको कर्जा जोखिम कोष २५.१३ प्रतिशतले वृद्धि भई ८ करोड ७४ लाख ४९ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै संस्थाले २ अर्ब ४ करोड ४६ लाख ८५ हजार ५३ रुपैयाँ कर्जा लगानी गरी ६ करोड ९ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ नाफा ९कर अघिको० गर्न सफल भएको छ । यो नाफा अघिल्लो आ.व को तुलनामा ४७ प्रतिशतले वृद्धि भएको हो । संस्थाको कुल सम्पत्ति २ अर्ब ३८ करोड ५४ लाख २८ हजार ५ सय ६५ रुपैयाँ रहेको छ।

अघिल्लो आ.व.को तुलनामा संस्थाको कुल सम्पत्तिमा १८.४४ प्रतिशतले वृद्धि भएको छ । संस्थाको बाह्य ऋण तथा सापटी ३१ करोड ८३ लाख ११ हजार ९५ रुपैयाँ रहेको छ । संस्थाले १५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव सभाले पारित गरेको हो।

कार्यकारी संचालक कार्कीले संस्थाले रेमिटेन्स सेवाका साथै डिजिटल सेवा प्रदान गरिरहेको जनाए । उनले इटेलर, मोबाइल बैंकिङ क्युआर कोड भुक्तानी सेवा प्रदान गरेको जानकारी दिए ।

सभामा एसइइ उर्तिण गर्ने सदस्यका १० जना छात्रछात्रालाई र एक जना सदस्यलाई विज्ञ सदस्यका रुपमा सम्मान गरिएको छ । सदस्यसंग जेष्ट आइडियोलोजी साकोस कार्यक्रमलाइ निरन्तरता दिने सभामा जानकारी दिए ।

संस्थाका अध्यक्ष रामप्रसाद आचार्यको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

नयाा संचालक समिति चयन

संस्थाको १३ बार्षिक साधारण सभाबाट नयाँ संचाल समिति चयन भएको छ । सभाले अध्यक्षमा हेमबहादुर कार्की, उपाध्यक्षमा कृष्णप्रसाद थपलिया, सचिवमा बावुराम आचार्य, कोषाध्यक्षमा पुरुषोत्तम हुमागाई सर्व सम्मत चयन गरेको छ ।

त्यसैगरी सञ्चालकमा जयराम सिग्देल, रामकुमार पण्डित र अमृता पन्थी आचार्यलाई चयन गरेको हो । सभाले लेखा सुपरिवेक्षण समिति संयोजकमा मोहनबहादुर बुढाथोकी तथा सदस्यमा कुसुम श्रेष्ठ र शकरमणि नेपाललाई चयन गरेको छ ।



Leave a comment