काठमाडौ र ललितपुरका चार सहकारीको एकिकरण सम्झौता,शेयर पूँजी १५ करोड ३० लाख

काठमाडौ र ललितपुरका चार सहकारीको एकिकरण सम्झौता,शेयर पूँजी १५ करोड ३० लाख :: Sahakari Akhabar

काठमाडौं । पछिल्लो समय सहकारीहरु एकिकरणको लहर चलिरहेको बेला काठमाडौ र ललिपुरका चारवटा सहकारीले एकिकरण सम्झौता गरेका छन् । काठमाडौमा रहेको अर्थवृद्धि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बचत तथा ऋण सहकारी र ललितपुरको गोल्डेन रोज बहुउद्देश्यीय सहकारीले  आज एकिकरण सम्बन्धि सम्झौता गरेका हुन् ।

एकिकरण सम्झौतामा अर्थवृद्धि बहुउद्देश्यीय सहकारी संस्था न्यूरोडका अध्यक्ष सुरेन्द्र घिमिरे, जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्था कालीमाटीका अध्यक्ष मीनबहादुर चन्द, जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था असनका अध्यक्ष कमलबहादुर आले र गोल्डेन रोज बहुउद्देश्यीय सहकारी संस्था कुमारीपाटी ललितपुरका अध्यक्ष हरि कुँवरले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

एकीकृत पछि संस्थाको नाम अर्थ जीवन दृष्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहने जनाइएको छ । एकीकृत पछि संस्थाको अध्यक्षमा मीनबहादुर चन्द, अपाध्यक्ष सुरेन्द्र घिमिरे, सचिव हरी कुँवर, कोषाध्यक्ष उमेश दाहाल तथा संचालक सदस्यमा लोकबहादुर खड्का, एलिना ढंगोल र विपिन राय रहेका छन्  ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा उत्तमकुमार थापा तथा सदस्यमा ध्रुवरत्न मानन्धर र राजेश श्रेष्ठ रहेको जनाइएको छ । एकिकृत संस्थाको कार्यकारी प्रमुखमा कमलबहादुर आले रहने जनाइएको छ ।

एकिकरण पछि संस्थाको शेयर पूँजी १५ करोड ३० लाख, निक्षेप १ अर्व ७७ करोड, कूल कारोबार २ अर्व ५ करोड, कर्जा लगानी १ अर्व ६६ करोड तरलता १३ दशमलव  ५ प्रशित रहने जनाइएको छ । त्यसैगरी सदस्य २७ हजार ९ सय तथा संस्थाको कार्यक्षेत्र काठमाडौ, भक्तपुर, ललितपुर र मकवानपुर रहने जनाइएको छ ।



Leave a comment