जनकपुर । नेपाल प्रेस युनियनले चालु आर्थिक वर्षमा ७३ वटा तालिम सञ्चालन गर्ने भएको छ । प्रेस युनियन केन्द्रीय समितिको जनकपुर बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यस वर्ष देशभरमा पत्रकारको क्षमता अभिवृद्धिका ७३ वटा तालिम सञ्चालन गर्ने जनाएको हो ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा भदौ २३ र २४ गते सम्पन्न भएको थियो ।
बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारहरुले नियमित पारिश्रमिक पाउने वातावरणको निर्माण, पेशागत सुरक्षा तथा आर्थिक सामाजिक सुरक्षा गर्ने ।
साथै प्रस्तावित मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरु संशोधन गरेर विधेयक पारित गर्न नेपाल सरकारसँग माग गर्ने लगायतका दश बुँदे घोषणा पत्र जारी गरेको छ ।


Leave a comment