काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा सुशासन ल्याउनैपर्नेमा जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १२ औं स्थापना दिवसका अवसरमा बोल्दै ढकालले सहकारी करेक्सन हुन आवश्यक भएको बताए ।
‘सहकारीमा फरकखालको स्थिति देखा परेकाले अभियान धमिलिएको छ’ उनले भने,‘ सहकारीलाई सुशासनमा ल्याएर करेक्सन गर्नैपर्छ ।’ अभियान चलायमान भन्दा पनि सदस्य केन्द्रित सेवा दिन सके प्रभावकारी हुने उनको भनाइ छ ।
सहकारी अभियानमा सुधारको आवश्यकता औंल्याउँदै उनले धमिलिएको सहकारी अभियानलाई मिडियाले सङ्ल्याउने काम गर्नुपर्ने भनाई राखे । उनले सहकारीमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि हुनु पर्ने बताए ।
Leave a comment