काठमाडौं । सहकारी संस्थाहरुबीच एकीकरणको लहर चलेको छ । काठमाडौंमा पछिल्लो समय ५ वटा सहकारीहरुको एकीकरण सम्झौता भएसँगै काठमाडौं र ललितपुरका गरि ९ वटा संस्था एक आपसमा गाभिने सम्झौता गरेका थिए ।
त्यसैेगरी आज काठमाडौंका ११ वटा संस्थाहरु एक आपसमा मर्जर हुन लागेका हुन् । आज दिउसो ५ बजे औपचारिक कार्यक्रम गरी मर्जर सम्झौता हुदैछ ।
मर्जर सम्झौता गर्न लागेका सहकारीहरुमा न्युरोडको शुक्रपथ बहुउद्धेश्यीय सहकारी, बलाजुको मेगाड्रिम बहुउद्धेश्यीय सहकारी, बागबजारको सर्वोत्तम बहुउद्धेश्यीय सहकारी, चाबहिलको लक्ष्यराइज बचत तथा ऋण सहकारी, कलंकीको उषाकिरण बचत तथा ऋण सहकारी, नयाँ बानेश्वरको सूर्यदेव बचत तथा ऋण सहकारी रहेका छन् ।
त्यसैगरी तारकेश्वरको योजना बहुउद्धेश्यीय सहकारी, न्युरोडको हनुमानढोका बचत तथा ऋण सहकारी र दुर्गा माआश्रीत बचत तथा ऋण सहकारी, पिपुल्स श्रोता बहुउद्देश्यीय सहकारी र माउण्ट अपि बचत तथा ऋण सहकारी एकिकरण हुने भएका हुन् ।
Leave a comment