काठमाडौं । सहकारी संस्थाहरुले मालपोत कार्यालयमा घरजग्गा धितो रोक्का तथा फुकुवा गर्नका लागि सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिसमा) आवद्ध हुनुपर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गर्दै सहकारीहरुले धितो बन्धक तथा फुकुवा गर्दा कोमोमिमा विवरण प्रविष्ट गरेको प्रमाण अनिवार्य राख्न निर्देशन दिएको हो ।
मन्त्रालयको भदौ १५ गतेको निर्णय अनुसार भूमिसुधार तथा मालपोत कार्यालयलाई परिपत्र गरी कोपोमिसमा आबद्ध भएका सहकारीलाई मात्रै उक्त सुविधा दिन भनेको छ । सूचना अनुसार सहकारी संघ संस्थाहरुले ऋणी सदस्यको घरजग्गा रोक्का वा फुकुवा गर्न जादाँ आफ्नो सहकारी संस्थाको बित्तीय विवरण कोपोमिसमा विवरण दाखिला गरेको प्रमाण अनिवार्य पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत राधिका गौतमले जारी गरेको पत्राचारमा कोपोमिसमा आबद्ध भएका सहकारीलाई मात्र जग्गा रोक्का वा फुकुवाको सुविधा दिन भनिएको छ । यसअघि सहकारी विभागको अनुरोधमा आन्तरिक राजश्व विभागले समेत करचुक्ता प्रमाणपत्र लिन कोपोमिसमा विवरण बुझाएको प्रमाण प्रश गर्नुपर्ने प्रावधान लागू गरेको छ । यसैगरी सहकारी विभागका सेवा लिनका लागि समेत कोमोमिस अनिवार्य गरिएको छ ।

Leave a comment