हाइलाइट

कमाउने धन्दाले सहकारीमा समस्या

कमाउने धन्दाले सहकारीमा समस्या :: Sahakari Akhabar

बागलुङ । गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले सहकारीका नाममा कमाउने धन्दा गर्ने प्रवृति मौलाउँदै गएकाले समस्यामा परेको बताए । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा आयोजना गरेको ‘सहकारी बैंकको सेवा र सहकारीका समसामयिक विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै सबै एकजुट भएर समस्या समाधान गर्नुपर्ने बताए । सहकारीमा समस्या देखिदाँ आम समुदायममा नकरात्मक धारणा बनेको भन्दै उनले सहकारीका समस्या समाधान गर्न सुझाव दिए ।

‘सहकारीले जनतालाई आर्थिक सामाजिक रुपमा सक्षम बनाउने काम गरेको छ’ उनले भने,‘तर केही सहकारीले मूल्य, मान्यता, सिद्धान्त र ऐन नियम विपरित काम गरेका कारण समस्या आएको छ ।’ सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यलाई प्राथमिकतामा राख्ने सहकारीमा समस्या नआएको उनले बताए ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा लगायतले सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए । 

बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरे । बैंकका शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बैकका कर्मचारी नारायण पौडेल स्वागत गरे । राष्ट्रिय सहकारी बैंकमा आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट र नियमित कारोबार गर्ने जिल्ला वचत तथा ऋण सहकारी संघ र एकता सहकारी संस्थालाई सो अवसरमा सम्मान गरेको छ । 



Leave a comment