हाइलाइट

मोरङका केही सहकारीले मात्र सार्वजनिक गरे वित्तिय विवरण

मोरङका केही सहकारीले मात्र सार्वजनिक गरे वित्तिय विवरण :: Sahakari Akhabar

संघहरुको पनि वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने भएपनि गरेका छैनन् । कतिपय सहकारीहरुले आफ्नै कार्यालयमा टाँस गरेको बताएका छन् ।  मोरङमा १ हजार बढी सहकारी संस्था छन् ।

चीना थापा, बिराटनगर। मोरङका केही सहकारीले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेका छन् । सहकारी विभागले साउन ३१ गते सहकारी संघ संस्थाहरुलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न भनेको थियो । विभागको निर्देशन अनुसार इश्वर बचत तथा ऋण सहकारी संस्थाले आईतबार आप्नो फेसबुक मार्फत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

सहकारीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार १०.५८ प्रतिशत तरलता रहेको छ । १ करोड १० लाख ६९ हजार ९१५ रुपैया ७४ पैसा तरलता रहेको सार्वजनिक वित्तिय विवरणमा उल्लेख छ । सहकारीमा १३ सय ६५ जना शेयर सदस्य रहेका छन् । सहकारीमा ऋणी सदस्य संख्या ५३३ रहेको छ  ।

सहकारीको शेयर पुँजी १ करोड ६५ लाख ७७ हजार ९ सय रुपैया रहेको छ भने बचत हिसाब ६ करोड १४ लाख ९ हजार २२८ रुपैया ३१ पैसा रहेको छ । त्यसैगरी जगेणा कोष हिसाबमा ३५ लाख २४ हजार ५३७ रुपैया १९ पैसा रहेको छ । सहकारीको संस्थागत पुजी ३८ लाख ७१ हजार १५१ रुपैया ७८ पैसा रहेको छ भने अन्य कोषहरुमा ६५ लाख १८ हजार ६६९ रुपैया २४ पैसा रहेको छ ।

सहकारीको ३१ गतेसम्मको वित्तिय विवरण अनुसार सहकारीले ७ करोड ९७ लाख ८५ हजार १३६ रुपैया ९२ पैसा ऋण लगानी गरेको छ । त्यसैगरी मोरङ उर्लाबारीमा रहेको नारीसंकल्प बचत तथा ऋण सहकारीले सोमबार आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार १ करोड ४० लाख ५७ हजार १०५ रुपैया अर्थात १३.८१ प्रतिशत तरलता रहेको छ ।

सहकारीमा ३००२ जना शेयर सदस्य रहेका छन् भने ऋणीको संख्या  ८६२ रहेको छ । सहकारीको अनिवार्य बचत ५ करोड २५ लाख ८९ हजार ५६१ रुपैया रहेको छ, जुन ५२.२५ प्रतिशत हो । सहकारीको सार्वजनिक वित्तिय विवरण अनुसार शेयर पुँजी १ करोड २९ लाख ६३ हजार ८ सय रुपैया रहेको छ भने ऋण लगानी १३ करोड ८१ लाख २७ हजार ५७ रुपैया रहेको छ ।

जगेडा कोषमा ९९ लाख ७३ हजार ५५३ रुपैया ५७ पैसा, कुल संस्थागत पुँजी १ करोड ६९ लाख ९७ हजार २३० रुपैया ४ पैसा, अन्य कोषहरुमा ५५ लाख ४५ हजार ६९३ रुपैया ५६ पैसा, कुल सम्पति १५ करोड ६१ लाख ६८ हजार १३० रुपैया र कुल बचत १० करोड १८ लाख २३ हजार ३४० रुपैया रहेको विवरणमा उल्लेख छ । संघहरुको पनि वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने भएपनि गरेका छैनन् । कतिपय सहकारीहरुले आफ्नै कार्यालयमा टाँस गरेको बताएका छन् ।  मोरङमा १ हजार बढी सहकारी संस्था छन् ।



Leave a comment