हाइलाइट

सोसाइटलका १ सय ३२ सदस्यले पाए निक्षेप फिर्ता

सोसाइटलका १ सय ३२ सदस्यले पाए निक्षेप फिर्ता :: Sahakari Akhabar

काठमाडौं । सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका १ सय ३२ जना निक्षेपकर्ताले आफ्नो निक्षेप फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले उनीहरुलाई २ करोड ६४ लाख रकम फिर्ता दिलाएको हो ।

समितिले ४ करोड ९४ लाख दायित्व रकम मिलान गरेको जनाएको छ । २ सय ४० सदस्यले १३ करोड ९५ लाख रुपैयाँ फिर्ता नपाएको उजुरी दिएका थिए । ऋणीको फाइल संख्या २१ रहेकोमा ७ वटाको राफसाफ भइसकेको छ ।

समितिका सदस्य डिबी बस्नेतका अनुसार १ सय ८ सदस्यको १० करोड ५९ लाख रकम फिर्ता गर्न बाँकी छ । समितिले साना निक्षेपकर्ताको निक्षेप फिर्ता दिलाएको थियो । ठूला निक्षेपकर्ताले भने अझै साढे १० करोड बढी फिर्ता पाउन सकेका छैनन् ।

समितिले सोसाइटलका ऋणीबाट७२ लाख रुपैयाँ ऋण असुली गरेको थियो । उक्त रकमका साथै संस्था तथा सञ्चालक समितिको सम्पत्तिबाट साढे २ करोड बढी संकलन गरी निक्षेपकर्तालाई फिर्ता दिलाइएको समितिले जनाएको छ ।

पीडितले बचतको चेकबुकसहित आफ्नो नाममा रहेको बैंक खाता र निवेदन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा उपलब्ध गराएका थिए ।समितिले पहिलो चरणमा ८६ जनाका लागि एउटै चेकबाट कृषि विकास बैंकमार्फत पैसा फिर्ता दिएको थियो ।

सरकारले २०७५ फागुन १९ गते सोसाइटललाई समस्याग्रस्त घोषणा गरेको थियो । समितिले बाँबी रेका ऋणीसँख्यामध्ये ४ जनाको जग्गा रोक्का राखेको छ । अन्य ऋणीहरुको सम्पत्ति खोजी गरी रोक्का राख्ने कार्य भइरहेको समितिले जनाएको छ । 



Leave a comment