हाइलाइट

गौतमश्री सहकारीलाई कार्ययोजना पेश गर्न निर्देशन

गौतमश्री सहकारीलाई कार्ययोजना पेश गर्न निर्देशन :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई बचत फिर्ता गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव रघुनाथ महतले सहकारीलाई पत्राचार गरी १५ दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्ने स्रोत र कार्ययोजना सहित मन्त्रालयमा उपस्थित हुन निर्देशन जारी गरिएको बताए ।

अध्यक्ष रामबहादुर गौतमले  चित्तबुझ्दो जवाफ नदिए गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्ने सरकारको तयारी छ । सहकारी विभागमा बचतकर्ताले झण्डै २ अर्ब निक्षेप फिर्ता नदिएको उजुरी दिएका छन् । १ हजार २ सय १० जना बचतकर्ताले अध्यक्ष रामबहादुर गौतमसहित व्यवस्थापकका विरुद्ध  उजुरी दिई १ अर्ब ८७ करोड बचत रकम नदिएको बताएका छन् ।

सहकारी विभागले गौतमश्रीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको २ हप्तापछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो । सरकारले अध्यक्ष गौतम लगायतका जग्गा र सहकारीको कारोबार रोक्का राखेको छ । मन्त्रालयले दर्जन बढी प्रश्न राखेर जवाफ पेश गर्न निर्देशन दिएको हो । चित्त बुभ्दो जवाफ नआए कानुनबमोजिम प्रक्रिया अघि बढाइने मन्त्रालयका एक अधिकारीले बताए । 
 



Leave a comment