काठमाडौं । सहकारी संस्थाहरुले अब हरेक महिना वित्तीय विवरण प्रकाशत गर्नुपर्ने भएको छ । संघिय सहकारी विभागले मंगलबार निर्देशन जारी गर्दै निर्देशन जारी भएको एक साताभित्र र त्यसप्रछि प्रत्येक महिना सार्वजनिक गर्न निर्देशन दिएको हो ।
निर्देशन अनुसार संस्थाहरुले सेयर पुँजी, जगेडा कोष, सम्पत्ति, बचत, लगानीमा रहेको कर्जा, सेयर सदस्य संख्या, ऋणी सदस्य, तरलता रकम र प्रतिशत, संस्थागत पुँजी र विभिन्न कोषहरुको जम्मा रकमको विवरण सार्वजनिक गर्नुपर्नेछ ।
विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सबै प्रकारका सञ्चारमाध्यम मार्फत वित्तीय विवरण सार्वजनिक गर्नसक्ने बताए । उक्त विवरण संस्थाहरुले वेवसाइटमा समेत प्रकाशन गर्नुपर्नेछ । हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक त्रैमासिक रुपमा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था छ । यसैगरी मासिक रुपमा ब्याजदर समेत दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने ब्यवस्था गरेको छ ।
Leave a comment