विफिनले नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड सम्मेलन गर्दै

विफिनले नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड सम्मेलन गर्दै :: Sahakari Akhabar

काठमाडौं। बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टीच्यूट अफ (विफिन)ले “नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड” सम्मेलनको आयोजना गर्ने भएको हो ।

सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तिहरुको कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा वैंक, वित्तिय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिव १ सय ५० सहभागीहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

कार्यक्रमको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले उद्धघाटन गर्ने तालिका रहेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्व गभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा बंगलादेश बैंकका पूर्व गभर्नर डा. अतुर रहमानले “ग्लोवल इकोनोमिक क्राइसिस एण्ड लिडरसिप च्यालेन्जेजः अ रेगुलेटरी प्रस्पेक्टिभ” विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी बैंकिङ, इन्स्योरेन्स र इकोनोमी अन्तर्गत “म्याक्रो इकोनोमिक रिष्क एण्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमि” विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी स्टेट वैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भट्नागरले “द बैंक इन २०३०” विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी “द फ्यूचरअफ माइक्रोफाइनान्सः प्रस्पेक्ट, च्यालेन्जेज एण्ड अपच्र्यूनिटिज्” विषयमा माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

त्यसैगरी विमा समितिका निर्देशक सुशिलदेव सुवेदीले “द इनोभेटिभ मोडल अफ इन्स्योरेन्सः प्रस्पेक्ट, च्यालेन्जेज् एण्ड अपच्र्युनिटिज” विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल बैकर्स एशोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्याय र विफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले आफ्ना धारणाहरु राख्नेछन् ।

इन्फ्राइष्टक्चर फाइनान्सिङ अन्तर्गत एशियन डेभलपमेण्ट बैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले “इन्फ्रास्टक्चर इन्भेष्टमेन्टः ग्याप, मोडेल्स् एण्ड अपच्र्युनिटिज” विषयमा प्रस्तुतिकरण गर्नेछन् ।

त्यसैगरी “ट्रेण्ड, रिष्क एण्ड इन्फास्टक्चर इन्भेष्टमेन्ट आउटलुक इन नेपाल” विषयमा लगानी वोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टको पनि सहभागिता रहनेछ ।

नेपाल इन्फास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले “वैंकर्स प्रस्पेक्टिभ इन इन्फ्रास्टक्चर फाइनान्सिङः करेन्ट स्टेन्स एण्ड फ्यूचर स्टेप्स” विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले यस सत्रलाई सम्बोधन गर्नेछन् ।

फिन स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना सन्देश सहित सम्मेलनको अन्त्यमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन गर्ने कार्यक्र रहेको संस्थाका प्रवन्ध निर्देशक डा बिनोद आत्रेयले जानकारी दिए । 

यस सम्मेलनको टाइटल प्रायोजनमा राष्ट्रिय वाणिज्य बैक रहेकोछ भने मुख्य प्रायोजकको रुपमा भिक्टोरिया युनिभर्सिटी, मेलबर्न, अष्ट्रेलिया र भूमी डेभलपर्स नेपाल रहेका छन् ।

त्यसैगरी सम्मेलनको सहप्रायोजकहरुमा नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नेपाल एसविआइ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, एनसिसी बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।



Leave a comment